आजबाट बडादशैँ सुरु, देवी मन्दिरमा दर्शनार्थीको भीड काठमाडौं।हिन्दु नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडादशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने बडादशैँ १५ दिनसम्म मनाइन्छ।नवरात्र सुरु भएसँगै देशभरका देवालयहरूमा दर्शनार्थीको भीड देख्न सकिन्छ।काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको भीड लागेको छ। यस अवसरमा भद्रकाली,शंकटा,दक्षिणकाली,रक्ताकाली, इन्द्रायणी,चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर,गुह्येश्वरी,मैतीदेवी,नक्साल भगवती,शोभा भगवती,कालिका स्थान,पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्