आज ऋषिपञ्चमी पर्व यसरी मनाइयो भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व हिन्दु धर्मावलम्बी नारीहरूले आज अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी मनाउँदैछन्।ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरू नजिकको नदी,खोला,ताल,तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने,गाईको गोबर,माटो र खरानी लगाई स्नान गर्छन्।आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरी दतिवन, गाईको गोबर,माटो र खरानी ले स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्