‘लभ डायरिज’ पुनः प्रदर्शनमा

काठमाडौं । २ फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ पुनः प्रदर्शनमा आएको छ।

बक्स अफिसमा कमजोर बनेको यो चलचित्र पुनः प्रदर्शनमा आएको हो।

आफ्नो लगानीसमेत सुरक्षित गर्न नसकेको ‘लभ डायरिज’ कमलपोखरीमा रहेको जय नेपाल हलबाट पुनः प्रदर्शन शुरू भएको हो।

प्रदर्शनका समयमा अन्य चलचित्रको चेपुवामा परेका कारण अहिले पुनः प्रदर्शनमा ल्याइको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए।

“लभ डायरिज चलेको अर्को साता नै ‘आमा’ र ‘सेन्टीभइरस’ प्रदर्शनमा आए। हाम्रो चलचित्रले राम्रोसँग रिलिज समय पाएन्। त्यसैले अहिले रिलिज गरेका हौँ। जय नेपालमा १२ बजेको शो छुट्याइएको छ।” उनले देखापढीसँग भने।

तत्काललाई जय नेपाल हलबाट मात्र प्रदर्शन गरिए पनि ७ चैतदेखि अन्य हलहरूमा पनि प्रदर्शनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए।

कोरोना भाइरसको संक्रमण त्रासका कारण अहिले हलमा चलचित्र छैनन् । त्यहीँ मौकामा लभ डायरिजले पुनः रिलिजको मौका पाएको हो।

सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, रुविना थापा, विश्व रिमाललगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्