पश्चिम तराईमा सखियाको रौनक

कैलाली । यतिबेला पश्चिम तराईका थारु बस्तीमा सखिया नाचको रौनक छ ।

दशैं र तिहारमा नाचिने सखिया नाचले थारु बस्तीमा उल्लास छाएको हो ।

थारुहरुको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय युवाहरूले सखियाप्रति चासो देखाउन थालेका छन् ।

सखिया नाच सामान्यतया बेलुकाको समयमा नाच्ने गरिन्छ ।

सखियामा युवतीहरू नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन भने नाच शुरू गर्नुअघि गुरुवा (पुजारी) को आदेशअनुसार पूजा गर्ने चलन छ ।

दशैं तिहारको बेला मात्रै नभएर मेला महोत्सव तथा अन्य पर्वमा समेत सखिया नाचले स्थान पाउन थालेकोमा थारु अगुवाहरू खुशी छन् ।

अगुवा दिलबहादुर चौधरीले सखिया नाचले थारु जातिको संस्कृति र परम्परा बोकेको बताउँछन् ।

साथीसंगीसँग मिलेर नाच्ने भएकाले सखिया नाचले सामूहिकताको भावना पनि बढाउने उनको भनाइ छ ।