अरुको गीत गाएर कहिलेसम्म गायक बन्ने ?
काठमाडौं । गायिका खिमा रोका स्याङ्जामा हालै सम्पन्न भिरकोट महोत्सवमा सहभागी भइन्। १ देखि ११ फागुनसम्म चलेको महोत्सवमा उनले विभिन्न गीत गाइन्।

आफ्नो प्रस्तुतीको शुरूमै उनले ‘कहाँ गयौं भंगेरी चरी’ गीत गाइन्। तर उक्त गीत उनको आफ्नै भने होइन। तेजस रेग्मी र रिना केसीले गाएको गीत हो त्यो। रोकाले त्यसपछि केही आफ्नै र केही अरुले गाएका गीत गाइन्।

गायिका टिका सानु र गायक छत्र शाही पनि भिरकोट महोत्सवमा पुगे। जहाँ उनीहरू दुवै जनाले एकताकाको चर्चित गीत आदी ‘खोलामा, के ल्याईदिम कोशेली भिर्ने झोलामा...’ दोहोरी गाए।

आधा घण्टा आफ्नो प्रस्तुती दिएका दुवै जनाले आफ्नो भन्दा अरुको गीतहरूलाई बढी प्राथमिकता दिए।

नेपाल आइडल–२ का विजेता रबि वडले केही समय अगाडि सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आफ्नो प्रस्तुती दिए। उनले कार्यक्रममा सुगम पोखरेलको ‘धाराको पानी साह्रै नै मिठो’ गीतलाई पनि आफ्नो प्रस्तुतीमा समेटे ।

यी केही उदाहरणमात्र हुन्। मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रममा गायकहरुले आफ्नोसँगै अरुका गीत पनि गाउने गरेको पाइन्छ। यसरी मनोरञ्जन दिने बहानामा अरूको सिर्जनालाई आफ्नो जस्तै गरी प्रस्तुत गर्नु कत्तिको उचित हो ?

बेलाबेलामा यो प्रवृत्ति बहसको विषय बन्ने गरेको छ ।

केहीले यसलाई सामान्य रुपमा लिनुपर्ने तर्क अघि सारेका छन् भने केही कलाकारहरूले यसमा नैतिक प्रश्न उठ्ने गरेको बताउँछन्। केही वर्षअघि सम्म यो परम्परा एकदमै बढी थियो। तर, आजभोलि कम हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन्।

वरिष्ठ गीतकार कृष्णहरी बराल भने दुई तरिकाले लिन्छन् । भन्छन्, “जसको गीत गाए पनि नेपाली भाषा, कला, साहित्यको प्रचार प्रसार हुन्छ।”

यदि अरुको गीत गाउने नै हो भने ती गीतको निश्चित रोयल्टी तिर्नुपर्ने बराल बताउँछन्। “रोयल्टी संकलक समाजलाई म कार्यक्रम यो–यो गीत गाउँछु यसका लागि मैले कति रोयल्टी तिर्नुपर्ने हो भनेर गाउनु पर्छ”, बराल भन्छन् ।

गायक प्रेमध्वज प्रधान भने अरुको सिर्जना जानकारी नै नदिइ प्रस्तुती दिँदा नैतिकताको प्रश्न उठ्ने बताउँछन् । सार्वजनिक कार्यक्रममा प्रस्तुती दिँदा आफ्नै सिर्जनशीलता प्रयोग गर्नुपर्ने र आफ्नै सिर्जना दिनुपर्ने प्रधानको भनाइ छ। भन्छन्, “नयाँ पुस्ताले आफ्नो भन्दा अरुको गीत गाइरहेका छन्। यसले गर्दा नयाँ चिजहरू आउन सक्दैन। नयाँ चिज दिँदै जाँदा नेपाली गीत संगीतको भण्डार पनि बढ्दै जान्छ। सबैले त्यसतर्फ ध्यान दिनुपर्छ।”

यस्तो अवस्थामा नैतिकताको प्रश्न उठ्ने बिजी बताउँछन् । भन्छन्, “यदि कसैले गायो भने पनि कारवाही गर्ने कानून छैन्। त्यसका लागि नैतिक रुपमा आ–आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्छ।”

त्यस्ता कलाकारहरूलाई बोलाउँदा कार्यक्रम आयोजकले पनि ख्याल गर्नुपर्ने बिजी बताउँछन्। आयोजकले नै आफ्नै सिर्जना गाउने भए मात्र हामी बोलाउँछौं नत्र आफ्नो सिर्जना गर्नतिर लाग्नुहोस् भनिदियो भने त्यसरी अर्काका सिर्जना प्रस्तुत गर्ने कसैलाई पनि आँट नआउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्