विश्‍व सुन्दरीलाई पर्यटनमन्त्रीको आग्रह- ‘मिस वर्ल्ड नेपालमा गर्नूस्, सहयोग गर्न तयार छौँ’
काठमाडौं। विश्व सुन्दरी टोनी एन सिंह तीन दिने भ्रमणको क्रममा हिजो, २२ फागुनदेखि नेपालमा छिन्।

उनीसँगै मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्भि डग्ल पनि नेपाल आएका छन्।

उनीहरूले हिजै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भेट गरे।

भेटका क्रममा मन्त्री भट्टराईले मिस वर्ल्ड नेपालमा आयोजना गर्न आग्रह गरेका छन्।

मिस वर्ल्ड-२०२० नेपालमा सम्भव भए नभएको विषयमा कुराकानी भएको मन्त्रीका प्रेस सल्लाहकार प्रेम गुरागाईले जानकारी दिए।

नेपालमा आयोजना गर्दा सरकार समन्यव गर्न तयार रहेको भन्दै भट्टराईले उपयुक्त प्रस्ताव ल्याउन आग्रह गरेका छन्।

मिस वर्ल्ड नेपालमा गर्न सम्भव छ छैन भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैँ आएकी हुन्।

छलफलकै चरणमा रहेकाले अहिले नै यो विषयमा टुंगोमा पुग्न नसकिन मिस नेपाल आयोजक संस्था हिडन टिजरका निर्देशक दिवाकर राजकर्णिकारले बताए।

प्रतिक्रिया दिनुहोस्