आनन्दको दशैं तिहार गीत

‘यी हल्लाहरु हुन्...’, ‘पर्दा पछाडि नै...’ लगायत गीतले आनन्दलाई सांगीतिक उचाइ दिएको हो ।

दशैं तिहारको अवसरमा आनन्दले फेरी एकपटक कृष्णहरिकै शव्द गुन्गुनाएका छन् ।

आपसी मनमुटाव बिर्सिएर एकजुट भइ चाड मनाउँ भन्दै गायक कार्कीले हालै दशैं तिहार गीत यूट्यूबमा सार्वजनिक गरेका हुन् । गीतले भन्छ –

‘नातागोता आफन्तको मेल कति राम्रो

फाटेको मन जोड्न सक्ने चाड हो यो हाम्रो

सरर सरर सरर हो

आयो दशंै पंखा फिजाइ फरर हो

आयो तिहार रमाइरमाइ हरर हो..’

गीतकार डा. कृष्णहरिको शब्द रहेको गीतमा संगीत बीबी अनुरागीको छ ।

भिडिओमा गायक आनन्दसँगै किरण केसी, पुष्प खड्का, विनु शाक्य, रमेश चन्द सोडारी, कविता न्यौपाने र सकुना श्रेष्ठको अभिनय छ ।