काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर–४’ को छायांकन शुरू गरिएको छ।
आज काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा चलचित्रको मुहूर्त गरिएसँगै छायांकन शुरू गरिएको हो। चलचित्रको मुहूर्त समारोहमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायतको उपस्थिति थियो।
काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टीम आजै पोखरा जानेछ। पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा करीब ३० दिन छायांकन गरिने निर्देशक थापाले जानकारी दिइन्। त्यस्तै यूरोप र ओमानमा गीतको छायांकन गरिनेछ। डेढ करोडको लागतमा बन्ने चलचित्र अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउनेछ।
सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ लाई यसअघिका सिरिजका आधारमा प्रतिक्षित चलचित्र मानिएको छ। यसअघिका तीन वटा सिरिजले दर्शकको मन जित्न सफल भएका थिए।
चलचित्र ‘ए मेरो हजुर–३’ मा पनि नायक अनमोल र नायिका सुहानाकै जोडी थियो। गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर–३’ को चौथो सिरिजलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण पक्षको दावी छ। कुनै समय सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी झरनालाई अहिले निर्देशन पनि फापिरहेकै छ।