काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरूले आज जिल्ला अदालत काठमाडौंमा कानूनी रुपमा विहे गरेका हुन्। अदालतमा उनीहरूले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरूका पारिवारिक सदस्यहरू मात्र सहभागी थिए।
विवाहपछि प्रियंकाले कानूनअनुसार आफूहरू एक भएको भनेर इन्स्टाग्राममा तस्वीर सेयर गरेकी छिन्। प्रियंकाले तस्वीर सेयर गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन्।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ। बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरूले बिहेलाई भव्य बनाइरहेका छन्। मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन्।
कानूनी रुपमा आज बिहे गरेपनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने भोलि विवाह गर्देछन्। भोलि बिहेपश्चात भव्य पार्टीको आयोजना गरिँदैछ। नायिका प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर बिहेको साइत जुराइएको छ। प्रियंकाको जन्मदिन आजै हो।
करीब दुई वर्षअघि उनीहरूको इन्गेजमेन्ट भएको थियो। त्यसअघि उनीहरूले १३ फागुनमा मेहन्दी तथा संगीत कार्यक्रम गरेका थिए। प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए।
मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए। विवाहको केही साता अघि उनीहरूले काठमाडौंमा नयाँ घर समेत किनेका छन्।
" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरूले आज जिल्ला अदालत काठमाडौंमा कानूनी रुपमा विहे गरेका हुन्। अदालतमा उनीहरूले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरूका पारिवारिक सदस्यहरू मात्र सहभागी थिए।विवाहपछि प्रियंकाले कानूनअनुसार आफूहरू एक भएको भनेर इन्स्टाग्राममा तस्वीर सेयर गरेकी छिन्। प्रियंकाले तस्वीर सेयर गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन्।

">