काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा चलचित्रबाहेक नीजि जीवनसँग जोडिएर पनि चर्चामा आउँछिन् । उनी सधैं आफ्ना पति निक जोनससँगै देखिन्छिन्। दुबै जनाको जोडी सुहाउँदो पनि देखिन्छ।तर, उमेरका हिसावले निक प्रियंकाभन्दा झन्डै १० वर्ष कान्छा हुन्।
उमेरका कारण पनि उनीहरू दुवैजना चर्चामा आउँछन्। अमेरिकन गायक निकका बारेमा आउने टिकाटिप्पणीबारे प्रियंकाले कुनै प्रतिक्रिया जनाएकी थिइनन्। हालै यस सम्बन्धमा प्रियंकाले प्रतिक्रिया दिएकी छिन्।
प्रियंका ३७ वर्षकी भइन् भने निक २७ वर्षका। यी दुईको उमेरमा भएको यही भिन्नताबारे हुने टिप्पणीप्रति प्रियंकाले प्रतिक्रिया जनाएकी हुन्।
एक गायन रियालिटी शोमा निकले यस्तै प्रश्नको सामाना गर्नुपरेको थियो। निक गायन रियालिटी शो ‘द भ्वाइस’ का जज हुन्। उनीसँगै केली क्लार्कसन अर्की जज हुन्। उनै केलीले निकसँग हाँसोमजाकमा यो सवाल उठाएकी थिइन् ।
निक र प्रियंकाको उमेरमा भएको भिन्नतालाई लक्षित गर्दै केलीले निकलाई भनेकी थिइन्, “मेरो उमेर ३७ वर्ष भयो । तपाईंको त सायद २७ वर्ष होला होइन ?”
केलीले के भन्न खोजेकी हुन् ? यो कुरा निकले बुझिहाले। केलीको प्रश्नको जवाफमा निकले भने, “मेरी पत्नीको उमेर ३७ वर्ष भएको छ । मलाई यस कुराले कुनै समस्या पारेको छैन ।”
निकको यो प्रतिक्रिया सोशल मिडियामा भाइरल भइरहेको छ। दुवै जनाले सन् २०१८ मा विहे गरेका थिए। प्रियंकाले पनि यही प्रश्नको सामना गर्नुपरेको छ।
उमेरको विषयमा ट्रोल बनेपछि प्रियंकाले भनिन्, “यस्ता कुरामा हामीलाई केही फरक पर्दैन। ट्रोल बनाउनेवालालाई हामी धेरै महत्व पनि दिदैंनौं ।”
निक र प्रियंका दुवै जना सोसलमिडिया निकै सक्रिय छन् ।
" /> काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा चलचित्रबाहेक नीजि जीवनसँग जोडिएर पनि चर्चामा आउँछिन् । उनी सधैं आफ्ना पति निक जोनससँगै देखिन्छिन्। दुबै जनाको जोडी सुहाउँदो पनि देखिन्छ।तर, उमेरका हिसावले निक प्रियंकाभन्दा झन्डै १० वर्ष कान्छा हुन्।उमेरका कारण पनि उनीहरू दुवैजना चर्चामा आउँछन्। अमेरिकन गायक निकका बारेमा आउने टिकाटिप्पणीबारे प्रियंकाले कुनै प्रतिक्रिया जनाएकी थिइनन्। हालै यस सम्बन्धमा प्रियंकाले प्रतिक्रिया दिएकी छिन्।

">