काठमाडौं। चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ।
रामकृष्ण ढकाल र मेलीना राईको स्वरमा रहेको माया जदौ बोलको गीतमा दुई दर्जनभन्दा बढी नयाँ-पुराना सेलीब्रेटी देखिएका छन्।
दीपक शर्माको संगीत रहेको गीत आनन्द अधिकारीको सब्दमा बनेको हो। गीतको भिडियोमा चलचित्रका कलाकारहरू सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, केदार घिमिरे छन्। त्यस्तै जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, दिनेश डिसी, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के भट्टराई, नितेश जंग कुँवर र नीर शाहलाई देख्न सकिन्छ।
बिहेको माहोल दर्शाइएको गीतमा सबै सेलीब्रेटीले कम्मर मर्काएका छन्। बैशाख १२ गतेबाट प्रदर्शनमा आउने ‘हिजो आजका कुरा’ साकार पन्तको डेब्यू निर्देशित चलचित्र हो ।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो। कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।
रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो भने, सन्दीप किस्नाको पटकथा छ ।
‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको चलचित्रमा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव कलाकारद्वय विनायक कुइकेल, अनुष्का घिमिरेको पनि अभिनय छ।