फेवा किनारमा अन्तर्राष्ट्रिय कला
पोखरा। फेवाताल किनारस्थित नगेन आर्ट लाउन्ज बारमा नेपाल-भारत अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

दशैंको अवसर पारेर आयोजना गरिएको सो कला प्रदर्शनी २८ असोजसम्म सञ्चालन हुने छ।

प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ जना विदेशी कलाकार र पोखराका नौ जना कलाकारहरुले संयुक्त तयार पारेको ३३ वटा कलाकृति राखिएको छ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार हरेक दिन बिहानदेखि दिनभर प्रदर्शनी अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्