यस्तो भयो प्रिंयकाको मेहन्दी र संगीत (तस्वीरसहित)

काठमाडौं । १५ फागुन अर्थात भोली अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक बन्धनमा बाँधिदैछन्। त्यसको पूर्वसन्ध्यामा मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो।

१३ फागनुमा दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुका संगीत कार्यक्रम गरिएको थियो। दुवै जनाले एक अर्काको नाममा मेहेन्दी लगाएका थिए। मध्यरातिसम्म चलेको सांगीतिक कार्यक्रममा प्रियंका र आयुष्मान पनि नाचेका थिए।

प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायत पनि नाचगानमा सरिक भएका थिए।

कार्यक्रममा आयुष्मान बाजा गाजासहित उपस्थित भएका थिए। आयुष्मान र प्रियंकाबीच झन्डै दुई वर्षअघि इन्गेजमेन्ट भएको थियो। पारिवारिक वातावरण नमिलेका कारण विवाह गर्नमा ढिलाइ भइरहेको दुवै जनाको प्रतिक्रिया थियो । विवाहको केही साता अघि उनीहरूले काठमाडौंमा नयाँ घर समेत किनेका छन् ।

फोटोहरुः वेडिङ सिटी नेपाल

प्रतिक्रिया दिनुहोस्