शाम्दे शेर्पा स्मृति पुरस्कार तीन जनालाई

काठमाडौं। यस वर्षको शाम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्य कलाकार ध्रुबरत्न हाडालाई प्रदान गरिएको छ।

हिमालय शेर्पा साँस्कृतिक केन्द्रले स्थापना गरेको पुरस्कार हाडालाई प्रदान गरिएको हो।

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले चुच्चेपाटीस्थित हायत चौरमा आयोजना गरेको गुथुक साँझमा ३१ हजार नगद, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको हो।

हास्य कलाकार स्वर्गीय शाम्दे शेर्पाको सम्मानमा पाँच वर्षअघि पुरस्कार स्थापना भएको थियो।

यसअघि यस पुरस्कारबाट मह जोडी, मनोज गजुरेल, पासाङ टि शेर्पा, बसुन्धरा भुसाल, हास्य कलाकार सन्तोष पन्त सम्मानित भइसकेका छन्।

यस्तै, कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई शाम्दे शेर्पा नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। शाम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगितामो पुरस्कार एपी शेर्पाले जितेका छन्।

हास्यकलाकार शाम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषबाट कलाकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष सम्मान गर्ने गरिएको छ।

बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा राष्ट्रिय महान पर्व ‘च्याक फो च्यिवा लो’ २१४७ औं ग्याल्पो लोसार ‘लोसार गुथुक साँझ’ को अवसरमा पुरस्कार प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्