काठमाडौं। भारतीय गायिका नेहा कक्कड आफ्ना पूर्व प्रेमीप्रति आक्रोशित बनेकी छन्। नेहा र हिमांश कोहलीबीच १४ महिनाअघि ब्रेकअप भएको थियो। ब्रेकअपपछि नेहा निकै तनाबमा परेकी थिइन्।
अहिले पनि बेला-बेला उनी सम्बन्ध टुटेकोमा थुप्रै कार्यक्रममा रुने गर्छिन्। उनको व्यवहारबाट हिमांशका कारण सम्बन्धमा ब्रेक लागेका अनुमान गरिएको छ।
नेहाले इन्स्टाग्राममा एउटा लामो पोस्ट सेयर गर्दै घुमाउरो शैलीमा हिमांशले आफ्नो इमेज खराब गरेको आरोप लगाएकी छन्। उनले लेखेकी छन्, “जसले मेरा बारे नराम्रो भनिरहेका छन्, उनीहरू झुठा हुन् र मेरो सफलता देखेर डाहा गरिरहेका छन्। उनीहरुलाई मेरो नाम लिएर मिडियामा आउनु छ। पहिला पनि यस्तै गरिएको थियो। मेरो पछाडि पनि यस्तै गरियो। यदि चर्चित हुन मन छ भने आफ्नो कामबाट बन, मेरो नामबाट होइन।”
उनले आफ्नो पोष्टमा हिमांशको नाम लिएकी त छैनन् तर नेहाले लेखेको स्टाटस उनकै लागि लेखिएको स्पष्ट हुन्छ। उनले हिमांशको पूरा परिवारकै पर्दाफास गर्न सक्ने चेतावनी पनि दिएकी छन्। “यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने म तिम्रो आमा, बुवा र बहिनीको पनि कर्तुत सार्वजनिक गरिदिनेछु। उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए। मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोशिस नगर। मबाट टाढै बस र मेरो नामबाट पनि।”
हिमांशले केही समय अघि नेहासँगको ब्रेकअपबारे मुख खोलेको थिए। उनले ब्रेकअप संसारले आफुलाई दोषीको रुपमा हेरिरहेको बताएका थिए। उनले ब्रेकअप हुनुमा नेहाको दोष रहेको बताएका थिए। एजेन्सीहरूको सहयोगमा