काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग–२ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत ‘जता नि चोर’ बजारमा ल्याएका हुन् ।

उनले यसअघि ल्याएको ‘लुट्न सके लुट’ गीत विवादित बनेको थियो। चौतर्फी आलोचनापछि उनले उक्त गीत युट्युवबाट हटाएका थिए।

शर्माले भाग–२ मा पनि नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरेका छन्। उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत व्यंग गरेका हुन्। दुर्गा पौडेलद्वारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय छ।

उनले गीतको सुरुआतमै नेताहरूमाथि व्यंग्य प्रहार गरेका छन् । ‘देशका लागि  लड्यौं भन्छन्, बस्यौं भन्छन् जेलमा, आखिरीमा लड्या रैछन् देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज यिनका इष्टमित्र, कति छिट्टै सेटिङ गर्छन् यिनले भित्रभित्र,’ उनको गीतमा भनिएको छ,‘ जता नि चोर, चोर जति सबैलाई हाल्नैपर्छ खोर।’

उनले गीतमार्फत अहिलेका शासक पनि राजा जस्तो भएको जनाएका छन्। शर्माको गीतमा कांग्रेसका नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि झटारो हानेका छन्।

गायक शर्माले गीतबाट धेरै नै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। देखापढीसँग कुरा गर्दै गायक शर्माले यो गीतमा विगतको जस्तो कुनै कमजोरी नरहेको हुँदा सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको बताए। १ फागुनमा गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत आज दिउँसो १ बजेसम्म ४ लाख भन्दा बढीले हेरेका छन्।

" /> काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग–२ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत ‘जता नि चोर’ बजारमा ल्याएका हुन् ।

उनले यसअघि ल्याएको ‘लुट्न सके लुट’ गीत विवादित बनेको थियो। चौतर्फी आलोचनापछि उनले उक्त गीत युट्युवबाट हटाएका थिए।

शर्माले भाग–२ मा पनि नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरेका छन्। उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत व्यंग गरेका हुन्। दुर्गा पौडेलद्वारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय छ।

उनले गीतको सुरुआतमै नेताहरूमाथि व्यंग्य प्रहार गरेका छन् । ‘देशका लागि  लड्यौं भन्छन्, बस्यौं भन्छन् जेलमा, आखिरीमा लड्या रैछन् देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज यिनका इष्टमित्र, कति छिट्टै सेटिङ गर्छन् यिनले भित्रभित्र,’ उनको गीतमा भनिएको छ,‘ जता नि चोर, चोर जति सबैलाई हाल्नैपर्छ खोर।’

उनले गीतमार्फत अहिलेका शासक पनि राजा जस्तो भएको जनाएका छन्। शर्माको गीतमा कांग्रेसका नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि झटारो हानेका छन्।

गायक शर्माले गीतबाट धेरै नै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। देखापढीसँग कुरा गर्दै गायक शर्माले यो गीतमा विगतको जस्तो कुनै कमजोरी नरहेको हुँदा सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको बताए। १ फागुनमा गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत आज दिउँसो १ बजेसम्म ४ लाख भन्दा बढीले हेरेका छन्।

"> ‘लुट्न सके लुट’ पछि पशुपति शर्माले ल्याए ‘जता नि चोर’: Dekhapadhi
‘लुट्न सके लुट’ पछि पशुपति शर्माले ल्याए ‘जता नि चोर’
काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग–२ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत ‘जता नि चोर’ बजारमा ल्याएका हुन् ।

उनले यसअघि ल्याएको ‘लुट्न सके लुट’ गीत विवादित बनेको थियो। चौतर्फी आलोचनापछि उनले उक्त गीत युट्युवबाट हटाएका थिए।

शर्माले भाग–२ मा पनि नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरेका छन्। उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत व्यंग गरेका हुन्। दुर्गा पौडेलद्वारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय छ।

उनले गीतको सुरुआतमै नेताहरूमाथि व्यंग्य प्रहार गरेका छन् । ‘देशका लागि  लड्यौं भन्छन्, बस्यौं भन्छन् जेलमा, आखिरीमा लड्या रैछन् देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज यिनका इष्टमित्र, कति छिट्टै सेटिङ गर्छन् यिनले भित्रभित्र,’ उनको गीतमा भनिएको छ,‘ जता नि चोर, चोर जति सबैलाई हाल्नैपर्छ खोर।’

उनले गीतमार्फत अहिलेका शासक पनि राजा जस्तो भएको जनाएका छन्। शर्माको गीतमा कांग्रेसका नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि झटारो हानेका छन्।

गायक शर्माले गीतबाट धेरै नै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। देखापढीसँग कुरा गर्दै गायक शर्माले यो गीतमा विगतको जस्तो कुनै कमजोरी नरहेको हुँदा सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको बताए। १ फागुनमा गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत आज दिउँसो १ बजेसम्म ४ लाख भन्दा बढीले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्