काठमाडौं। सौरभ चौधरी निर्देशित प्रेमकथामा आधारित फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ। फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको मुख्य भूमिका छ। सुशील र रुबिनाको प्रेम, विछोड र रोमान्सलाई फिल्ममा देखाइएको छ। फिल्ममा विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन्।
विनोद सापकोटाको लगानी रहेको फिल्म सञ्जय लामाले छायांकन गरेका हुन्। फिल्ममा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत छ।
‘लभ डायरिज’ लाई यसअघि नै प्रदर्शनमा आएका फिल्मको डर छ। अघिल्लो शुक्रवार प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ ले असोजपछि सुस्ताएको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनाएको छ। यही फिल्मले ‘लभ डायरिज’ लाई ओझेल पार्न सक्ने अनुमान गरिएको छ ।
मल्टीप्लेक्समा आजबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘लभ आज कल’ पनि ठूलो थ्रेट बन्न सक्ने देखिन्छ। ‘लभ आज कल’ दशक अगाडिको हिट फिल्मको सिक्वेल भएका कारण नेपाली दर्शक पनि लामो समयदेखि प्रतीक्षामा छन्।
फिल्म ‘लभ डायरीज’ लाई मल्टीप्लेक्समा मात्र नभइ सिंगल थिएटरमा पनि त्यति सहज छैन। विराज भट्टको ‘साङ्लो’ ले दोस्रो हप्तामा पनि धेरैजसो हलमा राम्रो व्यापार गरिरहेको छ। जसले गर्दा ‘लभ डायरीज’ लाई सिंगल थिएटरमा आफूतिर दर्शक तान्न संघर्ष गर्नुपर्ने देखिन्छ।