काठमाडौं। नेपाली चलचित्र ‘प्रेमगीत–३’ को विदेशी राइट ४५ हजार डलरमा बेचिएको छ।
२८ चैत्रमा प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’ को नर्थ अमेरिकाका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले ४५ हजार अमेरिकी डलरमा प्रदर्शन अधिकारी खरीद गरेका हुन्।
अब अमेरिका, क्यानडा र मेक्सीकोमा श्रेष्ठको कम्पनीले चलचित्र प्रदर्शनमा ल्याउनेछ।
‘प्रेमगीत–३’ को पहिलो गीत सार्वजनिक भएपछि यसको चर्चा बढेको थियो। पृथक शैलीमा तयार पहिलो गीत ‘हात्ती ढुंगामा’ले राम्रो चर्चा पाइरहेको छ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन्। शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि फिल्ममा अभिनय छ।
तीन करोड बढीको लागतमा निर्माण भएको चलचित्रमा डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको चलचित्र निर्माण पक्षले जनाएको छ।
" /> काठमाडौं। नेपाली चलचित्र ‘प्रेमगीत–३’ को विदेशी राइट ४५ हजार डलरमा बेचिएको छ।२८ चैत्रमा प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’ को नर्थ अमेरिकाका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले ४५ हजार अमेरिकी डलरमा प्रदर्शन अधिकारी खरीद गरेका हुन्।

">