काठमाडौं । प्रतिक्षित दुई नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ आजदेखि प्रदर्शनमा आएका छन्। दशैंयता बक्स अफिसमा नेपाली फिल्मले आशा गरिएअनुरुप व्यापार गर्न नसकिरहेका बेला यी दुई चलचित्रप्रति भने आश गरिएको छ ।
‘साङ्लो’ र ‘सेल्फी किङ्ग’ दर्शकको रुचिका हिसाबले केही फरक छन्। तर, दुवै चलचित्र एकसाथ प्रदर्शनमा आउँदा व्यवसायिक रुपमा केही न केही घाटा त दुवै फिल्मलाई हुनेछ।
‘साङ्लो’
विराज भट्टको निर्देशन तथा अभिनय रहेको ‘साङ्लो’ को राम्रै चर्चा छ। फिल्म युनिटले सार्वजनिक गरेका गीत, ट्रेलर र पोस्टरले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ। तर, यो फिल्मले दर्शक कति तान्न सक्नेछ, त्यो भने हेर्न बाँकी छ ।
विराज स्वयंले निर्देशन र निर्माण गरेको यो फिल्म धेरै दर्शकका लागि चासो बनिरहेको छ। ‘साङ्लो’ मा दर्शकले एक्सन, रोमान्स र विराज भट्टको सिक्स प्याक बडी देख्न पाउनेछन् ।
फिल्ममा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक शीर्ष भूमिका छिन्।
‘सेल्फी किङ्ग’
आजदेखि प्रदर्शनमा आएको अर्को चलचित्र ‘सेल्फी किङ’ को चर्चा उत्तिकै छ। यो चलचित्रमा विपिन कार्की शीर्ष भूमिकामा छन्। यो फिल्ममा विपिनले एक हाँस्यकलाकारको भूमिका निभाएका छन्। विपिनसँगै लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय बराल, भुवन चन्द, कमल देवकोटा लगायतका कलाकारको पनि अभिनय छ । फिल्म विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको हो।