काठमाडौं। वैवाहिक जीवनमा बाँधिएपछि प्रायः नायिकाहरू कामविहीन हुने गरेका छन्। वैवाहिक सम्बन्धलाई प्राथमिकता दिनुपर्दा उनीहरू चलचित्र क्षेत्रलाई पूर्णविराम लगाउने अवस्थामा पुग्छन्। र, चलचित्रलाई पनि निरन्तरता दिइरहेका अभिनेत्रीहरूका लागि यात्रा त्यति सुखद् देखिएको छैन।
विवाहपछि अभिनेत्रीको क्रेज घट्ने सोचाइका कारण मेकरहरू फिल्म अफर गर्न डराउँछन्। सन्तानको आमा भएपछि त झन् फिल्ममा अभिनेत्रीको रोलमा काँडेतार नै लाग्छ। उनीहरूलाई लिड रोलमा भन्दा पनि आमा, हजुरआमा तथा सहायक रोलमा अफर आउने गरेका छन्। त्यसैले प्रायः अभिनेत्रीहरू विवाह गर्न हतारिँदैनन्।
चलचित्र ‘मिसन पैसा’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री निशा अधिकारी भने फिल्ममा कमब्याक गर्ने मनशायमा देखिएकी छन्। क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर एक छोराको आमा समेत भैसकेकी उनी फिल्ममा फर्किने सोंच बनाइरहेकी छन्।
चलचित्र ‘सेल्फी किङ’को प्रिमियर शोमा सहभागी भएकी निशाले चलचित्रमा कमब्याक गर्ने सोंचमा रहेको बताइन्। “फिल्ममा कमब्याक गर्ने सोंच बनाएको छु। त्यसका लागि केही समय लाग्नसक्छ”, उनले भनिन्, “बाबु अहिले २१ महीनाको भयो। यतिबेला म ‘फुलटाइम मदर’ हुँ। मैले जानेको नै अभिनय गर्न हो। त्यसैले अभिनयबाट टाढा त हुनै सक्दिनँ।”
छोरा स्कूल जान सक्ने भएपछि चलचित्रमा फर्किने उनको योजना छ। उनले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन्। अमेरिकामा छोरा जन्माएपछि उनी अब नेपाली फिल्ममा नफर्किने कतिपयको अनुमान थियो। तर, अहिले उनी नेपालमा छन्। केही समयपछि नै अभिनय यात्रामा फर्किने योजना पनि छ।
" /> काठमाडौं। वैवाहिक जीवनमा बाँधिएपछि प्रायः नायिकाहरू कामविहीन हुने गरेका छन्। वैवाहिक सम्बन्धलाई प्राथमिकता दिनुपर्दा उनीहरू चलचित्र क्षेत्रलाई पूर्णविराम लगाउने अवस्थामा पुग्छन्। र, चलचित्रलाई पनि निरन्तरता दिइरहेका अभिनेत्रीहरूका लागि यात्रा त्यति सुखद् देखिएको छैन।विवाहपछि अभिनेत्रीको क्रेज घट्ने सोचाइका कारण मेकरहरू फिल्म अफर गर्न डराउँछन्। सन्तानको आमा भएपछि त झन् फिल्ममा अभिनेत्रीको रोलमा काँडेतार नै लाग्छ। उनीहरूलाई लिड रोलमा भन्दा पनि आमा, हजुरआमा तथा सहायक रोलमा अफर आउने गरेका छन्। त्यसैले प्रायः अभिनेत्रीहरू विवाह गर्न हतारिँदैनन्।

">