काठमाडौं। विराज भट्ट निर्देशित तथा अभिनित चलचित्र ‘साङ्लो’मा समावेश एउटा गीतमाथि चोरीको आरोप लाग्यो।
२४ माघमा प्रदर्शनमा आउन लागेको साङ्लोमा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’माथि चोरीको आरोप लागेपछि निर्माण पक्ष तनावमा देखिएको छ।
गीतको शब्द चोरी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ। निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन्। यो गीतको शब्द आफूले लेखेको तर, जानकारीबिनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै प्रतिलिपि अधिकारअनुसार कारबाहीको माग गर्दै उनले उजुरी दिएको बताए।
फिल्मलाई गीत चोरीको आरोप लागेपछि आज पत्रकार सम्मेलन गर्दै अभिनेता विराजले आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको आरोप लगाएका छन्। उनले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको बताए। आफूले सुरेश अधिकारीबाट गीत लिएको भन्दै विराजले आफ्नो कुनै गल्ती नभएको बताए।
निर्देशक सिंहले १०÷२० लाख रूपैयाँ दिए मात्र सहमति गर्न सकिने जनाउँदै ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनको आरोप छ। “मैले सुरेश अधिकारबाट गीत लिएको हुँ। उहाँले कहाँबाट गीत लिनुभएको मलाई थाहा छैन। मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ति दिनु ?” विराजले भने।
कानूनले फिल्मबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफू गीत हटाउन तयार रहेको उनको भनाइ छ। “यदी कानुनले फिल्ममा गीत नराख्न भन्छ भने म गीत हटाउन तयार छु। मैले गीत खिच्दा भएको १०÷१५ लाख खर्च बेहोर्न तयार छु। तर, पैसाका लागि यसरी ‘ब्ल्याकमेलिङ’ गर्नु राम्रो होइन”, उनले भने। आफूले कुनै पनि गैरकानूनी रूपमा काम नगरेको उनको दाबी छ।