हलमा एक्लो नेपाली फिल्म ‘दी कर्मा’
काठमाडौं। आजदेखि नेपाली चलचित्र ‘दी कर्मा’ प्रदर्शनमा आएको छ। नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर ‘दी कर्मा’ ले पाएको छ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘दी कर्मा’ एक्सन लभस्टोरी जनरामा निर्माण गरिएको छ। चलचित्रमा भारतीय अभिनेता करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धी तामाङको मुख्य भूमिका छ।

अभिनेत्री परमिताले पहिलोपटक नकारात्मक भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनी एक गाउँको मुखियाको भूमिकामा छिन्। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा आधारित भएर फिल्म निर्माण भएको हो।

२४ असोजमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’पछि सुस्ताएको नेपाली फिल्मको व्यापारलाई यो फिल्मले चलायमान बनाउने अपेक्षा गरिएको छ।

सुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा जयराज रायसँगै श्रीदेव बिएल र निशा खतिवडा निर्माताको रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्