सेन्टी भाइरसः श्रीमान-श्रीमतीको झगडामा पनि राजनीति !

काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।

पारिवारिक र राजनीतिक विषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङ निर्नेशन गरेका छन्।

चलचित्रको ट्रेलरमा कलाकारहरू सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायत देखिएका छन्। यो चलचित्रमा श्रीमान् श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ।

डिन्डु लामाको लगानीमा बनेको यो चलचित्रमा फुर्पा होल्मो सह–निर्माताको रूपमा छन्। कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्र ९ फागुनबाट प्रदर्शनमा आउँदैछ।

यो चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्