काठमाडौं । कुरैकुरामा साथीले एकदिन उजय बज्राचार्यलाई सोधे, “बुद्धले तरवार समाते भने के हुन्छ ?” साथीको प्रश्न उजयलाई नौलो लागेन । किनकी उनले हातमा खड्ग समातेका बुद्धलाई थुप्रै पौभा चित्रमा उतारिसकेका थिए ।

“बुद्धले तरवार समाते पनि हाम्रै राम्रोको लागि हो,” बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको हिमालयन आर्ट फेस्टिभलमा खड्ग समातेको बुद्धको पौभा चित्रको वर्णन गर्दै उजयले भने, “हामीमा धेरै ‘नेगेटिभिटी’ हुन्छ । त्यसलाई काट्नको लागि शान्तिप्रेमी बुद्धले खड्ग बोकेको हो । यसलाई अन्यथा लिनुपर्ने कारण छैन ।”

फेस्टिभलमा उजयले ३५ बुद्धका पौभा चित्रलाई प्रदर्शनीमा राखेका छन् ।

३५ बुद्धमध्ये तीन बुद्धहरु वीर सेन, स्मृति श्री बुद्ध र बिजित संग्राम बुद्धको हातमा खड्ग देखिन्छ ।

उजयका अनुसार बुुद्ध धर्मको महायान सम्प्रदाय अन्तर्गत नागार्जुनतर्फ ३५ बुद्धहरु छन् । जसमध्ये खड्ग लिएका बुद्ध पनि पर्छन् ।

तर, यि सबलाई उतार्ने सोच भने उही साथीको प्रश्नपछि आएको उजय बताउँछन् । भन्छन्, “साथीको प्रश्नपछि ३५ वटै बुद्धलाई चित्रमा उतार्न मन लाग्यो । २००८ देखि शुरू गरेर ११ वर्षमा बुद्धका ३५ पौभाचित्र बनाएको हुँ ।’

चित्र बनाउन शुरु गर्दा ११ वर्ष लाग्छ भन्ने उनले सोचेका थिएनन् ।

कतिपय चित्रमा बुद्धको मुद्रा र बसाइँको अवस्था उस्तै देखिन्छ, तर रंग भने फरक छ ।

उजयका अनुसार बुद्धको मुद्राहरु उस्तै भएपनि यिनीहरुको नाम र अर्थ फरक छ ।

अहिले पौभा चित्र सजावटका लागि प्रयोग हुन थालेको छ । तर, उजय चाहन्छन् उनका यी पौभाहरु प्रार्थनाका लागि प्रयोग होउन् ।

फेस्टिभलमै कला अवलोकनका लागि आएकी बैंकर निभा माथेमा प्रधानले आई ग्लासले पौभा नियाल्दै थिइन् ।

निकैबेर पौभा नियालेपछि उनले भनिन्, “चित्रमा देवदेवीले लगाएको लुगालाई नजिकबाट हेर्दा साँच्चैको लुगा जस्तै देखेँ, छोउँछोउँ पनि लाग्यो ।”

प्रधान पौभा चित्रको पारखी हुन् । पौभा कलाकार लोक चित्रकारको स्टुडियोमै पुगेर उनले पौभा चित्र बन्ने विधि नियालेकी छन् । कतिपय चित्रहरु किनेरै घरमा सजाएकी छन् ।

फेस्टिभलमै राखिएको एउटा चित्रमा एक शिशु मोबाइल, खेलौनासित खेलिरहेको देखिन्छ ।

कलिलो बालबालिकामा पु¥याउने असर यो चित्रले देखाउन खोजेको छ ।

फेस्टिभलमा उपत्यकाका सांस्कृतिक धरोहरहरू संरक्षणको अभावमा नासिँदै गएको सन्देशका चित्र पनि टन्नै छन् ।

सेरामिकबाट बनेको गैंडा, घोडा, महिलाका मूर्तिहरूले जनावर प्रेम र मातृत्वलाई देखाउने कोशिस गरेको छ ।

१२ असोजबाट शुरू भएको फेस्टिभलमा यि लगायत मूर्त, अमूर्त शैलीको प्रयोग गर्दै कलाकारले सिर्जना गरेका पौभा, वाटर कलर, एक्रेलिक, इन्स्टलेसन, प्रिन्ट मेकिङ, सेरामिक आर्टका साथै पर्फमेन्स चित्र र मूर्तिहरू राखिएको छ ।

चित्र, मूर्तिहरूले सामाजिक, राजनीतिक विषयहरू समेटेका छन् । त्यस्तै फेस्टिभलमा डिजिटल आर्ट र फोटोग्राफीलाई पनि प्रस्तुत गरिएको छ ।

फेस्टिभल १६ असोजसम्म चल्नेछ ।

" /> काठमाडौं । कुरैकुरामा साथीले एकदिन उजय बज्राचार्यलाई सोधे, “बुद्धले तरवार समाते भने के हुन्छ ?” साथीको प्रश्न उजयलाई नौलो लागेन । किनकी उनले हातमा खड्ग समातेका बुद्धलाई थुप्रै पौभा चित्रमा उतारिसकेका थिए ।

"> बुद्धको हातमा खड्ग: Dekhapadhi
बुद्धको हातमा खड्ग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्