गीतमा देशको चिन्ता गर्दै वीपी

काठमाडौं। गायक वीपी वाग्लेले देशको अवस्थालाई लिएर गरेको चिन्ता गीतमार्फत् सार्वजनिक गरेका छन्।

‘यो ज्यान मेरो नेपाल’ गीतमार्फत् उनले विदेशीको थिचोमिचो नसहने र अतिथिको सत्कार–सम्मान गर्ने नेपाली विशेषतालाई अगाडि सारेका छन्।

मिसन इन्टरटेन्मेन्ट प्रालिले ल्याएको यो गीतमा वाग्लेको स्वर र संगीत छ। शब्द महानन्द ढकालको रहेको छ।

गीतको ‘भिजुअल ग्राफिक्स’ निराजन सिंह ठकुरीले गरेका छन्।

गीतले देशभक्तिको भावना जगाउनुका साथै नेपालीबीचको एकतालाई मजबुत पार्ने प्रयास गरेको वाग्लेले बताए।

प्रतिक्रिया दिनुहोस्