करिना कपुर निमात्री बनिन्, वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्म बनाउने एजेन्सी।बलिउड नायिका करिना कपुर खानले अब फिल्म निर्माण हात हाल्ने भएकी छन्।उनले वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्मको निर्माण गर्ने घोषणा समेत गरेकी छन्।फिल्मको नाम हालसम्म सार्वजनिक नगरिएपनि करिनाले निर्माण गर्ने फिल्मको निर्देशन हंसल मेहताले गर्ने जनाइएको छ।उनले यो फिल्म एकता कपुरसँग मिलेर निर्माण गर्न लागेकी हुन्। “एकतासँग एउटै फिल्ममा निमात्री भएर काम गर्न एकदम उत्साहित छु”, करिनाले भनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्