बलिउडको ठूलो पर्दामा ठूलो संकट, ३० जुलाईबाट खुलेका मल्टिप्लेक्स ९० प्रतिशत खाली एजेन्सी। कोरोना महामारीका कारण बलिउडको ठूलो पर्दा (सिनेमा घर)मा ठूलो संकट आइपरेको छ। ६ हजार सिङ्गल स्क्रीन सिनेमाघर नयाँ फिल्मको पर्खाइमा छन्। महिनौंदेखि नयाँ फिल्म सिङ्गल स्क्रिनमा रिलिज नहुँदा सञ्चालकहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको छ। गत जुलाई ३० बाट खुलेका भारतका मल्टिप्लेक्समा पनि ९० प्रतिशत सीट खाली छन्। भारतमा कूल ९ हजार ६ सय स्क्रिन रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्