दीपिका पादुकोणले ‘बैजू बावरा’मा रणवीर सिंहको जति नै पारिश्रमिक मागेपछि... एजेन्सी।बलिउड नायिका दीपिका पादुकोणले ‘बैजू बावरा’ फिल्लमा रणवीर सिंहको जति नै पारिश्रमिक मागेपछि उनी फिल्मबाट हटाइएकी छन्।निर्माता तथा निर्देशक संजय लिला भन्सालीले ‘बैजू बावरा’ मा नायिकाको रुपमा दीपिकालाई मनाउने प्रयास धेरै गरेपनि पारिश्रमिकका विषयमा कुरा नमिन्दा अर्को नायिका लिने भएका हुन्।यदि दीपिकाले यो फिल्म नछोडेको भए भन्सालीले दीपिका–रणवीरसँग काम गरेको ‘राम लीला’,‘बाजीराव मस्तानी’ र ‘पद्यावत’ पछि चौंथो फिल्म हुनेथियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्