मुम्बई प्रहरीले ‘पोर्न फिल्म’ का बारेमा बयान लिन बोलायो शर्लिन चोपडालाई एजेन्सी।मुम्बई प्रहरीले ‘पोर्न फिल्म’का सम्बन्धमा बयान लिन मोडल तथा नायिका शर्लिन चोपडालाई बोलाएको छ।‘पोर्न फिल्म’कारोबारको आरोपमा बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेपछि प्रहरीले बयानको लागि धेरै जनालाई बोलाएको छ।शर्लिनले यसअघि नै राज कुन्द्राले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।पोर्न फिल्म र राज कुन्द्राको सम्बन्धका बारेमा सबैभन्दा पहिला प्रहरीलाई सूचना आफूले दिएको दाबी उनले गर्दै आएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्