भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्