वासुदेव लुइँटेल पुरस्कार कलाकार किरण केसीलाई काठमाडौं। कलाकार किरण केसी (राता मकै)लाई वासुदेव लुइँटेल पुरस्कार प्रदान गरिने भएको छ। गत शुक्रबार बसेको पुरस्कार समितिको बैठकले कलाकारितासँगै गायनमा समेत अग्रसर रहेको केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ र हास्य व्यङ्ग्य तर्फको वासुदेव लुइँटेल पुरस्कार दिने निर्णय गरेको हो। कोरोना महामारीका कारण गत वर्ष यो सम्मान प्रदान गर्न सकिएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्