‘टाइगर ३’ मा कट्रीना कैफले करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने एजेन्सी। बलिउड नायिका कट्रीना कैफले ‘टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन गरेकी थिइन्। ‘टाइगर ३’ मा भने कट्रीनाको लागि नौला र फरक विशेष एक्सन सिनको योजना बनाइएको निर्माताले बताएका छन्। ‘टाइगर ३’ को मुख्य भूमिकामा भने सलमान खान रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्