कार्तिक आर्यनको ‘फ्रेडी’को सुटिङ आजबाट सुरु एजेन्सी। बलिउड नायक कार्तिक आर्यनले फिल्म ‘फ्रेडी’को सुटिङ आजबाट सुरु गरेका छन्। प्रोड्युसर एकता कपूर रहेको यस फिल्ममा आर्यन प्रमुख भूमिकामा देखिनेछन्। ‘फ्रेडी’को सुटिङ ३५ दिन सक्ने तयारी फिल्म निर्माताको रहेको छ। यस फिल्मलाई डिजीटल प्लेटफर्ममा रिलिज गरिने जनाइएको छ। आर्यनले‘फ्रेडी’पछि‘क्याप्टेन इण्डिया’को सुटिङ सुरु गर्ने बताएका छन्। नयाँ प्रोजेक्ट सुरु गर्दा उत्साहित भएको निर्माण कम्पनी बालाजी मोशन पिक्चर्सले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्