शिल्पा शेट्टीले हालिन् २९ मिडियाविरुद्ध मानहानी मुद्दा, २५ करोड क्षतिपूर्ति दाबी एजेन्सी।आफ्नो छवी बदनाम गरेको आरोप लगाउँदै बलिउड नायिका शिल्पा शेट्टीले २९ मिडिया संस्था तथा युट्युब च्यानलविरुद्ध मुम्बई उच्च अदालतमा मानहानी मुद्दा दायर गरेकी छन्।उनले ती मिडिया संस्था तथा युट्युब च्यानलसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन्।पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा गत २९ जुलाईमा पक्राउ परेपछि मिडियाले आफ्नो बदनाम गर्दै भ्रामक समाचार प्रकाशन गरेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्