शिल्पा शेट्ठीको समर्थनमा ऋचा चड्ढा, भनिन्– पतिको गल्तीमा पत्निलाई दोष दिन बन्द गरौं एजेन्सी। पति राज कुन्द्रा पोर्न फिल्मको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा बलिउड नायिका शिल्पालाई ट्रोल गरिएको थियो। यस्ता ट्रोलको विरोध गर्दै बलिउड नायिका ऋचा चड्ढाले शिल्पाको समर्थन आवाज उठाएकी छन्। “जब कुनै मर्दले गल्ती गर्छन् भने हामी त्यस मर्दलाई दोषी देखाउनुको सट्टा उसको जीवनमा जो महिला छ, उसलाई दोषी देखाउने गर्छौं। यस्ता कार्य बन्द गरौं,” ऋचाले भनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्