पति राज कुन्द्रा पोर्न फिल्म कारोबारमा जोडिँदा शिल्पा शेट्टीको करियरमा धक्का एजेन्सी। पोर्न फिल्म कारोबारको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि बलिउड नायिका शिल्पा शेट्टीको व्यवसायिक करियरमा धक्का लागेको छ। पति पक्राउ परेपछि उनले कमब्याक गरेको फिल्म ‘हंगामा–२’को प्रोमोशनमा उनी सहभागी भइनन्। डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर–४’ निर्णायकबाट उनी हटिन्। शिल्पा विवादमा परेपछि उनको आगामी फिल्म ‘निकम्मा’लाई निर्माताले तत्काल रिलिज नगर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्