सलमान र पूजाको फिल्म ‘कभी इद कभी दिवाली’ को नाम फेरि ‘भाइजान’ बनाइयो एजेन्सी। सलमान खान र पूजा हेगडेको मुख्य भूमिका रहेको साजिद नाडियाडवालाको फिल्म ‘कभी इद कभी दिवाली’को नाम परिवर्तन गरिएको छ। अब उक्त फिल्मको नाम‘भाइजान’ राखिएको छ। फिल्म सन्२०२२को तिहारमा रिलिज गरिने मितिसमेत घोषणा गरिएको छ। फरहाद सामजीले निर्देशन गर्ने यो फिल्म हास्यप्रधान रहनेछ। सलमान अहिले‘टाइगर ३’का सुटिङमा व्यस्त छन्। ‘टाइगर ३’को शुटिङ सकिएपछि सलमानले ‘भाइजान’को सुटिङ सुरु गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्