गायक हिमाल सागरको ‘तिमी छौ र’ गीतको म्युजिक भिडियो सार्वजनिक काठमाडौं। गायक हिमाल सागरले आफ्नो नयाँ गीत ‘तिमी छौ र’ को भिडियो युट्युवमार्फत सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा स्वर, शब्द र संगीत हिमाल सागरको रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालले अभिनय गरेका छन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन भरत रेग्मीको छ भने निर्देशन बिक्की पुलामीको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्