राज कुन्द्रामाथि नयाँ आरोपः अनलाइन गेमिंङको नाममा अहमदाबादका व्यापारीलाई ठगी एजेन्सी। भारतीय व्यवसायी तथा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रामाथि अर्को मुद्दा दर्ता भएको छ। अश्लील फिल्म बनाएको आरोप खेपिरहेका कुन्द्रामाथि अनलाइन गेमिंङको नाममा ठगी गरेको आरोप लगाइएको हो। अहमदाबादका हीरेन परमार नामक एक व्यापारीले कुन्द्रामाथि फर्म वियान इन्डस्ट्रीज नामक कम्पनीको नाममा ३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्