सुरु हुँदै कोभिडले रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ काठमाडौं।कोरोना महामारीका कारण रोकिएको कमेडी शो‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरु हुने भएको छ।कार्यक्रमका निर्देशक तथा कलाकार जितु नेपालले सोमबारबाट नयाँ भाग प्रसारण गर्ने जानकारी दिए।यो कार्यक्रमको छायांकन अघिल्लो सातादेखि नै सुरु भएको थियो।निषेधाज्ञाका कारण नयाँ भाग छायांकन हुन नपाएपछि ‘मुन्द्रेको कमेडी क्लब’को पुरानै भाग प्रसारण हुँदै आएका थिए।कोरोनाको दोस्रो लहरका कारण वैशाखदेखि गरिएको निषेधाज्ञाका कारण यो कार्यक्रम समेत रोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्