अश्लील फिल्मका सम्बन्धमा सोधपुछ गर्न प्रहरीले नायिका गहना वशिष्ठसहित तीन जनालाई बोलायो एजेन्सी।मुम्बई प्रहरीले अश्लील फिल्मको सम्बन्धमा सोधपुछ गर्न भन्दै नायिका गहना वशिष्टसहित तीन जनालाई बोलाएको छ।आज उनीहरुसँग सोधपुछ हुने बताइएको छ।अश्लील फिल्मको कारोबारमा बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्र केही दिनअिघ पक्राउ परेपछि उनीहरुलाई सोधपुछको लागि बोलाइएको हो।पक्राउलगत्तै मोडल पुनम पाण्डेले राजविरुद्ध बोलेपछि गहनाले बचाउ गरेकी थिइन्।प्रहरीले राजलाई भारतमा निर्माण हुने अश्लिल फिल्म पछाडिको मास्टर माइण्ड बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्