दिदी शिल्पा शेट्टीको समर्थनमा आइन् समिता, भनिन्– यो समय पनि बित्छ एजेन्सी। ‘पोर्न फिल्म’ कारोबारको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि सामाजिक सञ्जालहरुमा बलिउड नायिका शिल्पा शेट्टीमाथि अनेक प्रश्न गरिएको छ। यतिबेला शिल्पालाई सान्त्वना दिनेभन्दा प्रश्न गर्नेहरु बढी देखिएका छन्। यस्तैमा उनकी बहिनी समिताले भने दिदी शिल्पाको साथ दिएकी छन्। दिदीका विषयमा आपत्तिजनक प्रश्न गर्नेहरुलाई सामाजिक सञ्जालमा ‘हंगामा २’ फिल्मको पोष्टर सेयर गर्दै समिताले जवाफ लेखेकी छन्,“डार्लिङ, यो समय पनि बित्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्