अमेरिका शिफ्ट भएपछि प्रियंका चोपडाले बेचिन् मुम्बईको दुई अपार्टमेन्ट एजेन्सी। बलिउड नायिका प्रियंका चोपडा अमेरिका शिफ्ट भएपछि मुम्बईमा रहेको दुईवटा अपार्टमेन्ट उनले बेचेकी छन्। उनले यही मार्च महिनामा सात करोड भारतीय रुपैयाँमा ती अपार्टमेन्ट बेचेकी हुन्। सन् २०१८ मा हलिउड अभिनेता निक जोनससँग विवाह गरेपछि प्रियंका अमेरिमा बस्दै आएकी छन्। उनले यस अवधिमा केही हलिउड फिल्ममा समेत काम गरेकी छन्। उनी अमेरिकामा व्यस्त रहँदा मुम्बईको अपार्टमेन्ट प्रयोगमा आएको थिएन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्