पुष्पन प्रधान र एलिना चौहानको ‘ऐना हेरी हेरी’ काठमाडौं। पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको ‘ऐना हेरी हेरी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भीम बिसीले संगीतबद्द गरेको गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। वियोगान्त कथामा तयार पारिएको गीतको म्युजिक भिडियोमा नजिकिँदै गएको तीज र कोरोनाको प्रकोपबीच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ।भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्