गायक प्रकाश सपूत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत काठमाडौं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गर्ने भएको छ। आज विशेष पत्रकार सम्मेलन गरी सो घोषणा गरिने प्राधिकरणले जनाएकी छ। सपुत र दुलाल यो वर्ष सबैभन्दा बढी बाढी पहिरोबाट प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्। सम्मेलनमा बाढी पहिरो सम्बन्धी दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक पनि गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्