इन्दिरा र दिलीप अभिनीत ‘जिम्माल बाको छोरो’ बिहीबार सार्वजनिक हुने काठमाडौं। गायिका तथा अभिनेत्री इन्दिरा जोशी र नायक दिलीप रायमाझी अभिनीत ‘जिम्माल बाको छोरो’ गीत बिहीबार सार्वजनिक हुने भएको छ। जोशीले आफ्नो फेसबुकमार्फत गीत बिहीबार सार्वजनिक हुने जानकारी दिएकी हुन्। उक्त गीतलाई जोशीसँगै गायक रमेश बाबुले स्वर दिएका छन् भने गीतमा कलम सिंह र गीता ढुंगानाको समेत अभिनय रहेको छ। गीतको भिडियोलाई सुभ्रत राज आचार्यले निर्देशन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्