चौथो सिजनलाई नयाँ निर्णायक खोज्दै नेपाल आइडल काठमाडौं। फ्रेन्चाईज रियालिटी शो ‘नेपाल आइडल’ले चौथो सिजनमा नयाँ निर्णायक ल्याउने भएको छ। नेपाल आइडलका निर्देशक सुरेश पौडेलले चौथो सिजनमा नयाँ निर्णायक खोजिरहेको जानकारी दिए। उनले गत सिजनका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीसँगको सम्झौता सकिएकाले नयाँ निर्णायक खोज्नुपर्ने भएको बताएका छन्। निर्देशक पौडेलले निर्णायकहरू फाइनल भएपछि नयाँ शो सुरु गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्