पोर्न फिल्म कारोबारको आरोपमा पति पक्राउ परेपछि ‘सुपर डान्सर’ को सुटिङमा गइनन् शिल्पा एजेन्सी। पति राज कुन्द्रा सोमबार राती पोर्न फिल्म कारोबारको आरोपमा पक्राउ परेपछि बलिउड नायिका शिल्पा शेट्टी आज ‘सुपर डान्सर च्याप्सर४’को शुटिङ्मा गइनन्। लामो समय पर्खंदा पनि उनी नआएपछि रियालिटी शो‘सुपर डान्सर’को सुटिङ शिल्पाबिना नै सुरु गरिएको थियो। आगामी साता प्रसारण‘सुपर डान्सर’शोमा शिल्पा देखिने छैनन्। शिल्ला यसै साता ‘हंगामा २’मार्फत बलिउडमा कमब्याक गर्दै थिइन्। उनले फिल्म ‘निकम्मा’को पनि सुटिङ सकिसकेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्