अदालतले राज कुन्द्रालाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठायो बीबीसी। बलिउड नायिका शिल्पा शेट्टीकी पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाएको छ। पोर्न फिल्म बनाएको र त्यसलाई एप्समार्फत देखाएको आरोपमा मुम्बई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो। प्रहरीले आज कुन्द्रा र रायन थापालाई मुम्बईको एस्प्लेनेड कोर्टमा पेश गरेको थियो। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्