‘मिर्जापुर ३’ आगामी वर्ष रिलीज हुने एजेन्सी। पंकज त्रिपाठी, अलि फजल, र दिब्येदु शर्मा अभिनित चर्चित हिन्दी वेब सिरीज ‘मिर्जापुर’को तेस्रो सिरीज ‘मिर्जापुर ३’ आउदो वर्ष रिलीज हुने भएको छ। ‘क्राइम थ्रिलर’ वेब सिरीजका निर्देशक रितेश सिधवानीले ‘मिर्जापुर ३’ को शुटिंग यसै वर्षको अन्त्यबाट सुरु गर्ने र सिरीजलाई आगामी वर्ष रिलीज गर्ने योजना रहेको बताएका हुन्। निर्देशक सिधवानीले हाल सिरीजको कहानी लेखिरहेको जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्